५ जेष्ठ २०८१, शनिबार

प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा दुईजना पक्राउ



ललितपुर । प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका–२, धोबीघाट चोकमा ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा ललितपुर ४, बागडोलका ३१ वर्षीय उमेश खड्का र धादिङ घर भई सोही ठाउँ बस्ने २६ वर्षीय रुकेश रानाभाट छन् । बा।८६प ५९७० नम्बरको मोटरसाइकलमा सवार उनीहरूले बाटोमा हिँडेका व्यक्तिलाई अपशब्द बोलेका थिए ।

महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले रोकी सम्झाइ–बुझाइ गर्नेक्रममा उनीहरूले प्रहरीमाथि हातपात गरी अभद्र व्यवहार गरेपछि पक्राउ गरेको हो ।



प्रतिक्रिया दिनुहोस !