३१ बैशाख २०८१, सोमबार

काठमाडौँ जिल्ला अदालतको इजलासमै कुटाकुट



काठमाडौ।जिल्ला अदालत काठमाडौँको इजलासमा शाखा अधिकृत र फाँटका कर्मचारीबिच कुटाकुट भएको छ। जिल्ला अदालतको १४ नम्बर इजलासमा आदेश लेख्ने विषयमा विवाद हुँदा कुटाकुट भएको हो। 

न्यायाधीश प्रकाशचन्द्र अधिकारीको इजलासका शाखा अधिकृत गोकर्ण शर्मा र फाँटवाला नेत्र बास्तोलाबिच धकेलाधकेल हुँदा ठोक्किँदा शर्मा घाइते भएका छन्। 

शर्मा ट्रमा सेन्टरमा उपचारपछि घर फर्किएका अदालतका स्रेस्तेदार भीमबहादुर निरौलाले जानकारी दिए। ‘कुटाकुट नै भएको होइन, उनले उकेरासँग भने, धकेलाधकेल हुँदा ठोक्किएर रगत बगेको हो।’

मालपोतलाई भएको आदेश कुन ब्यहोरामा सही गराउने भन्ने विवाद भएको उनले बताए। ‘कार्यालयलाई सम्बोधन गरी लेख्ने कि कार्यालय प्रमुखलाई सम्बोधन गर्ने भनेर लेख्ने विषयमा विवाद भएको देखिन्छ।’ उनले भने। 



प्रतिक्रिया दिनुहोस !