२३ बैशाख २०८१, आईतवार

नेकपा भन्ने मात्र हो , चुनाव जित्ने भनेको कांग्रेसले नै हो – नेता थापा



काठमाडौ।नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले आफ्नो घर सम्हाल्न नसक्नेले फेरी दुइतिहाई मत ल्याउने धाक नदेखाउन चेतावनी दिएका छन् ।

चितवनमा भएको विरोध सभालाई सम्बोधन गदै थापाले यस्तो बताएका हुन् । जसले आफ्नो घर सम्हाल्न सक्दैन, त्यो प्रधानमन्त्री जसले हुदाँ खादाको संसद विघटन गर्छ, अनि तपाई र मेरो अगाडी आएर फेरी के धाक लागाउछ, फेरी म दुइ तिहाई ल्याउ छु भनेर धाक लगाउ छ, थापाले भने ।

नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व गर्नुभएको प्रधानमन्त्री अर्को नेपाल कम्युनिष्ट पार्टीलाई सडकमा राखेर एउटा ठुलो भिडन्त भच्चाउन खोजेको थापाले आरोप लागाए । युद्धबाट कति दुखका साथ काग्रेसले वाहिर निकाल्यो । अनि एउटा प्रधान्मन्त्री जसले करिव करिव दुइतिहाई बहुमत पाएको छ, जसले यत्रो घर सम्माल्ने मौका पायो, यत्रो इतिहासमा कसैले नपाएको ऐतिहासीक अवसर पायो । नेपाल कम्युनिष्ट पार्टीको झगगडा तपाई र मेरा लागिका लागि भएको झगडा हो थापाले प्रश्न गरे ।

नारा के थियो, जग्गा नहुनेलाई जग्गा दिन्छु, घर कस्को पोत्नेको, जग्गा कस्को जोत्नेको, बाटो कस्को हिड्नेको, गाडी कस्को हाक्नेको कम्युनिष्ट पार्टीको नारा । अहिले घर कस्को भोे ? घर पट्टीको । बालुवाटार पनि खर्लप्पै खाए, मिलेर खाए । तैलो खाइस् मैले खाइस् भन्दै छन्, थापाले भने ।

यता बस्नेले बालुवाटरा खाएको छ, यता बस्नेले प्रेस खाएको छ, वरीपरि सब्ले बसेर खाएको छ । कल्ले धेरै खायो कल्ले खान पाएन भनेको छ लडेको छ, भिडेको छ, झगडा गरेको छ, त्यसको नाममा हुदाँ खादाको बहुमत डुवाएको छ, देशलाई भड्खालामा हालेको छ, त्यस्तो अस्तव्यस्त बनाएको छ । अनि त्यो कम्युनिष्ट पार्टीले आजा अँएर सारा देशलाई अस्तव्यस्त बनाएर यो बेलामा देशलाई अर्को भिडन्तमा लिएर जादै छ । थापाले यो बेला काग्रेसले देशलाई सम्हालेर लाने बेला रहेको बताए ।केन्द्रखबर



प्रतिक्रिया दिनुहोस !