२३ बैशाख २०८१, आईतवार

प्रचण्ड नेपाल समूहले दियो आयोगलाई चेतावनी



काठमाडौ।निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद नसल्ट्याइ निर्वाचन आचारसंहिता लगाउने तयारी थालेको छ । निर्वाचनमा सहभागिता हुनुपर्ने ठूलो दलको आधिकारिकता विवाद टुंगो लगाउनुभन्दा चुनावको गृहकार्यमा केन्द्रीत हुन थालेको हो ।आचारसंहिता तयार गर्ने प्रयोजनका लागि सुझाव संकलन गर्न आयोगले आइतबार सबै दललाई छलफलका लागि बोलाएको थियो । उक्त छलफलमा नेकपाको प्रचण्ड नेपाल समूहले विवाद नसल्ट्याइ निर्वाचनसम्बन्धी कुनै पनि गृहकार्य अघि नबढाउन आयोगलाई चेतावनी दिएको खबर कान्तिपुरमा दैनिकमा छापिएको छ ।



प्रतिक्रिया दिनुहोस !