४ जेष्ठ २०८१, शुक्रबार

कोभिड खोप लगाउँदा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिन विवेकशील साझाको माग



काठमाडौ।विवेकशील साझा पार्टीले कोभिड-१९ विरुद्धको खोप लगाउँदा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिन माग गरेको छ । कोभिड-१९ को जोखिममा सबैभन्दा धेरै ज्येष्ठ नागरिक रहेकाले उनीहरुललाई प्राथमिकतामा राखेर खोप लगाउन विवेकशील साझाले माग गरेको हो ।

आइतबार विज्ञप्ती निकालेर विवेकशील साझा पार्टीको साझा ज्येष्ठ नागरिक संगठनका संयोजक महेनमोहन श्रेष्ठले तत्काल कोभिड खोप अभियानमा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिन माग गरेका हुन् ।

‘कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेमा सबैभन्दा उच्च जोखिममा रहेका ज्येष्ठ नागरिकहरूलाई सरकारले खोप अभियानको तेस्रो चरणसम्ममा पनि प्राथमिकतामा नपार्नु अत्यन्त दुःखद र दुर्भाग्यपूर्ण छ’, विवेकशील साझाले निकालेको विज्ञप्तीमा भनिएको छ, ‘अहिलेसम्मको उपेक्षाप्रति क्षमा याचना गर्दै खोप अभियानको यसपछिको चरणमा ज्येष्ठ नागरिकलाई मुख्य प्राथमिकतामा राख्न साझा ज्येष्ठ नागरिक संगठन सरकारसँग जोडदार माग गर्दछ।’



प्रतिक्रिया दिनुहोस !