६ जेष्ठ २०८१, आईतवार

पाँच वर्षमा १३ किलोमिटर सडक सम्पन्न भएन

ठेकेदारलाई नौ पटक पत्र काटियो



काठमाडौं । पाँच वर्षमा पनि नाग्म–गमगढी राजमार्गको १३ किलोमिटर सडक सम्पन्न हुन सकेन ।

नाग्म–गमगढी राजमार्गको शुरुदेखि १३ किलोमिटरको काम पाँच वर्षमा समेत हुन नसकेपछि डिभिजन सडक कार्यालयले निर्माण कम्पनी हिल्दुङ एण्ड थोकर– हीरा नमिता जेभिलाई अन्तिम पत्र काटेको छ ।

कार्यालय प्रमुख लीलाबहादुर भण्डारीले बाँकी काम शुरु गर्न पटक पटकको निर्देशन अटेर गरेपछि जेभिलाई नवौं पटक पत्र काटिएको जानकारी दिएका छन । शुरुवाती विन्दु १३ किलोमिटरमा पाँच वर्ष अघि शुरु गरिएको काम अझै सकिएको छैन । बीचैमा काम छोडेर गएको सो निर्माण कम्पनीलाई २०७७ साल पुस २ गते अन्तिम पत्र काम गर्न भनि काटिएको कार्यालयले जनाएको छ ।

विसं २०७३ वैशाख १३ गते सो कम्पनीलाई पहिलो पत्र दिइएको थियो । सम्झौता रकम १० करोड १३ लाख ८ हजार १३० रुपैँया मध्ये सात करोड ९६ लाख १२ हजार भुक्तानी भइसकेको कार्यालयले जनाएको छ । कम्पनीका आधिकारिक प्रतिनिधि नन्दलाल श्रेष्ठले काम शुरु गर्ने जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !