२० बैशाख २०८१, बिहीबार

ओलीले ५० अर्ब चुनावखर्च कहाबाट ल्याउदै छन ? खोले वर्षमान पुनले ब्वास्ताबिकता



काठमाडौ। प्रचण्ड समूहका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले कोभिड–१९ महामारीले थिलथिलो भएको मुलुकको अर्ततन्त्रले मध्यावधि निर्वाचन धान्न नसक्ने बताएका छन् ।प्रतिनिधिसभा विघटनविरुद्ध तेह्रथुममा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले निर्वाचनमा ५० अर्ब खर्च हुने ठोकुवा गरे । पाँच वर्षसम्म सरकार चलाउन जनताले दिएको अभिमतमाथि घात गर्दै राज्यकोषबाट ५० अर्ब खर्च गराएर निर्वाचन गराउनु लोकतन्त्र नभएको उनको भनाइ थियो ।निर्वाचनका नाममा बर्बाद पार्ने ५० अर्ब रुपैयाँले ७७ वटै जिल्लामा एक एकवटा अस्पताल निमार्ण गर्न सकिने वा सबै जनतालाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क लगाउन सकिने पुनले सुझाव समेत दिए । ‘जनताले पाँच वर्ष चलाउन दिएको संसद विघटन गर्ने र ५०औं अर्ब खर्च गरेर चुनाव गर्छु भन्नु कुनै पनि तरिकाले लोकतन्त्रको पक्षमा छैन । प्रधानन्त्रीजी तपाईँ जनताप्रति जिम्मेवार हुनुहुन्छ ? ५० अर्ब खर्च गरेर गर्न खोजेको के हो ? कस्तो लोकतन्त्रको अभ्यास गर्न खोजेको हो ?’ पुनले सोधे ।प्रधानमन्त्री ओलीले संविधान मिचेर जनताको अभिमतमाथि विश्वासघात गरी मुलुकलाई प्रतिगमन र अस्थिरताको बाटोमा हिंडाउन खोजेको भन्दै पुनले त्यसलाई सच्याउन प्रतिनिधिसभा पुर्नस्थापनाको विकल्प नरहेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !