३० बैशाख २०८१, आईतवार

हाडजोर्नी दुखेर हैरान हुनुहुन्छ ? यसरी घरमै गर्नुहोस् उपचार




काठमाडौ।जाडो मौसममा हाडजोर्नीको समस्या हुनेहरुले निकै दुख पाउने गर्दछन् । विशेषगरी वृद्ध, गर्भवती, रोगी लगायतलाई जाडोमा जोर्नीको दुखाईले निकै सताउने गर्दछ ।

जोर्नीको दुखाई खासगरि कुनै उपचार हुदैँन । तर, केही उपाय छन् जसलाई अपनाएर यसलाई कम गर्न सकिन्छ ।

नियमित रुपमा ताजा फलफूल तथा सागसब्जीको सेवन गर्नु पर्दछ । साथै जाडोमा अदुवा र बेसारको सेवन गर्नु पर्दछ ।

शरीरलाई बढि मात्रामा आरामदायी जीवनशैलीमा राख्नु हुदैँन । शरीरमा बल पर्ने काम र श्रममा लगाउनु पर्दछ ।

क्याल्सियमयुक्त खाद्यपदार्थ जस्तै दूध, दूधबाट बनेका चीज, ब्रोकाउली, माछा, पालुंगो, राजमा, बदाम, तोफु आदिको सेवन गरी भिटामिन सी र डी पाउन सकिन्छ । यसले जोर्नीको समस्याबाट राहत दिलाउँछ ।

 हरेक बिहान केहिबेर नियमित रुपमा घाममा बसेमा जोनी तथा हड्डिको समस्यामा राहत मिल्दछ । यसले शरीरलाई भिटामिन डि मिल्छ ।

सदैव आफ्नो तोल सन्तुलनमा राख्नुहोस् । तौल धेरै भएमा पनि जोर्नीमा दबाब पर्दछ ।

मदिरा र धुम्रपानको सेवनले समेत जोर्नीलाई नोक्सान पुग्छ ।

 नियमित शारीरिक व्यायामको अभावमा समेत जोर्नीमा समस्या हुनसक्छ । तर भारी व्यायाम गर्नबाट भने बच्नु पर्दछ ।



प्रतिक्रिया दिनुहोस !