५ जेष्ठ २०८१, शनिबार

अनुहारलाई चमक बनाउने र निखार ल्याउने यस्ता छन घरेलु उपायहरु ।



काठमाडौ।अनुहारमा निखारता ल्याउन कागतीको रस गुणकारी मानिन्छ । कागतीको रसले अनुहारको फोहोर बाहिर ल्याउँछ र छालालाई कोमल बनाउँछ । यसका लागी नियमित रुपमा कागतीको रस अनुहारमा लगाएर दश मिनेट राख्ने र चिसो पानीले पखाल्ने गर्नुपर्छ ।

 अनुहारको छाला सुख्खा र खस्रो छ भने दुध र मह मिसाएर लगाउने गरेमा अनुहारको सुख्खापन हराउदै जान्छ । यसका लागी एक चम्चा दुधमा एक चम्चा मह मिसाएर अनुहारमा लगाउने र हल्का मालिस गर्ने र १५ मिनेटपछि सफा गरेमा अनुहारको सुख्खापन हराउँदै जान्छ ।

 बेसारको धुलो, बेसन र कागतीको रस मिसाएर लेप बनाई अनुहारमा लगाइ १० मिनेट राखेर पानीले पखाल्ने गरेमा यसले पनि अनुहारमा चमक ल्याउँछ । यो विधि सातामा चार पटकसम्म दोहोर्याएमा अनुहारको दाग हराउने र छालालाई मुलायम बनाउँछ ।

टमाटर र कागतीको रस मिसाएर अनुहारमा लगाउँदा अनुहार सफा हुँदै जान्छ । घाममा धेरै हिँड्नेहरुका लागि यो उपाय निकै फाइदाजनक हुन्छ ।

 मेवा पिसेर त्यसको पेस्ट बनाइ अनुहारमा लगाएर २० मिनेटपछि सफा गर्दा अनुहारमा निखारता ल्याउँन सक्छ ।



प्रतिक्रिया दिनुहोस !