६ मंसिर २०८१, बिहीबार

सेयर कारोवार ३३ अंकले घट्यो



काठमाडौं – नेपाल स्टक एक्सचेन्जमा सेयर कारोवार ३३ अंकले घटेको छ।

साताको पहिलो कारोवार दिन सेयर कारोवार नेप्से ३३ दशमलव ३३ अंकले घटेको हो। नेप्से इन्डेक्स १ दशमलव ३२ प्रतिशतले घटेर २ हजार ४ सय ९३ दशमलव ५९ कायम भएको छ। 

आज आइतवार १ करोड ४८ लाख ५१ हजार ५ सय ९२ कित्ता सेयर किनवेच हुँदा ६ अर्ब ९२ करोड ७६ लाख ६८ हजार ९३१ रुपैयाँको कारोवार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आज २ सय २ कम्पनीका सेयर ५८ हजार ३ सय ९ पटक किनवेच भएको छ। सेयर बजारमा सुचिकृत प्राय सबै सेयरको परिसुचक घटेको छ। 



प्रतिक्रिया दिनुहोस !