१२ मंसिर २०८१, बुधबार

दाहाल-नेपाल समूहद्वारा चौथाे चरणको आन्दोलन घोषणा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षले संसद विघटनविरुद्ध थप  आन्दोलनको घोषणा गरेको छ ।आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै उक्त पक्षले आगामी फागुन ५ गतेबाट १५ गतेसम्म विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्ने जनाएको छ ।यसअघि तीन उक्त पक्षले तीन चरणको आन्दोलन गरिसकेको छ । माघ १३ गतेबाट २८ गतेसम्म प्रचण्ड-नेपाल पक्षले तेस्रो चरणको आन्दोलन गरेको थियो ।

पत्रकार सम्मेलनपछि केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै २०७७ फागुन ५ गते देखि १२ गते सम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्ला स्तरीयविरोध प्रदर्शन, सभा लगायतको विरोध कार्यक्रम गर्ने बताए।



प्रतिक्रिया दिनुहोस !