४ जेष्ठ २०८१, शुक्रबार

जनगणनाका लागि प्रशिक्षकलाई आजदेखि तालिम दिइने



काठमाडौँ।केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ का लागि ७५ जना प्रशिक्षक तयार गर्ने भएको छ।

२०७८ साल जेठ २५ देखि असार ८ गतेसम्म हुने राष्ट्रिय जनगणनाका लागि आजदेखि सात दिनसम्म तालिम दिएर ७५ जना प्रशिक्षक तयार गर्ने विभागले जनाएको छ।

३० जनाले प्रशिक्षक प्रशिक्षण तालिम दिनेछन्। जनगणनाका लागि चैत १ गतेदेखि ७७ वटै जिल्लामा कार्यालय खुल्ने विभागले जनाएको छ। विभागले ८ हजार सुपरिवेक्षक र ३९ हजार गणकका लागि आवेदन आव्हान गरिसकेको छ। 

आवेदन चैत ११ गतेसम्म अनलाइनबाट भर्ने व्यवस्था मिलाएको विभागले सुपरिवेक्षक र गणकलाई तालिम दिएर जनगणनामा खटाउने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए। 



प्रतिक्रिया दिनुहोस !