२७ बैशाख २०८१, बिहीबार

आफूमाथि अभद्र व्यवहार भएको भन्दै सपनाले दिइन् उजुरी



काठमाडौं । विश्वको प्रभावशाली १०० महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् ।सपनाले विनयजङ्ग बस्नेतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी हुन् ।सपनाले बस्नेतविरुद्ध आइतवार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएको प्रहरीले जनाएको छ ।साथै उजुरी दर्ता भैसकेको र बस्नेतलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।ेबेवारिसे शव जलाउने सपनालाई बीबीसीले यस वर्ष विश्वको १०० प्रभावशाली महिलाको सूचीमा राखेको थियो । त्यस्तै उनीसँगै शव जलाउने बस्नेत र सपना एक अर्कालाई बाबुछोरीका रुपमा चिनाउँदै आएका थिए ।



प्रतिक्रिया दिनुहोस !