१२ मंसिर २०८१, बुधबार

निजामती सेवाका कर्मचारीलाई कोरोना खोप दिन शुरु



काठमाडौं । कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप निजामती सेवाका कर्मचारीलाई दिन थालिएको छ ।आज (आइतवार)देखि निजामती कर्मचारी अस्पतालबाट निजामती सेवाका कर्मचारी, स्थानिय तहका कर्मचारी लगायतलाई कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप दिन थालिएको हो ।निजामती सेवा अन्र्गतका जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, हुलाक कार्यालय, कर कार्यालय, यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुलाई परिचयपत्र हेरेर प्रदान गरिने निजामती कर्मचारी अस्पतालकि भ्याक्सिन कोअर्डिनेटर मंगलमाया प्रजापतीले जानकारी दिएकी छिन् ।

त्यसैगरी प्रहरीहरुलाई पनि परिचयपत्र हेरेर खोप प्रदान गरिने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !