आज देखि सर्वाेच्चमा जवाफी बहस शुरु
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गरेको असम्वैधानिक प्रतिनिधीसभा विघटनको विरुद्ध सर्वाेच्चमा परेको रिट उपर आजदेखि जवाफी बहस शुरु हुदैछ । ओलीले असम्वैधानिक रुपमा प्रतिनिधीसभा विघटन गरेको भन्दै १३ वटा रिट सर्वाेच्चमा परेका थिए । ति सवै रिटलाई एकै ठाँउमा राखेर सर्वाेच्चको सम्वैधानिक इजालसमा बहस चलिरहेको छ ।
एक चरण पक्ष÷विपक्ष दुवै तर्फका वकिलहरुले बहस सकेपछि आज देखि निवेदकका तर्फबाट जवाफी बहस हुन लागेको हो । जवाफी बहसका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निवेदक पक्षका बढीमा पाँचजनालाई मात्र बहस गर्न दिइने बताईसकेका छन् । रिट निवेदकका तर्फबाट रमण श्रेष्ठ, शम्भु श्रेष्ठ, मेघराज पोखरेल, हरिहर दाहाल, हरि उप्रेती र शेरबहादुर केसीले जवाफी बहस गर्ने तयारी गरेका छन् । यो निवेदक देव गुरुङका तर्फका वकिलहरुको तयारी हो ।अन्य १२ जना निवेदकका तर्फबाट क कसले बहसमा भाग लिन्छन भन्ने प्रधानन्यायधिसले समय तोकेपछि टुंगो लाग्ने बताईएको छ । तर उनीहरुले कति समय बहस गर्नेछन भन्ने बारेमा भने अहिलेसम्म टुंगो लागिसकेको छैन् । आजको सम्वैधािनक इजालसमै प्रधानन्यायधिसले यस सम्वन्धी निर्णय लिन सक्ने अनुमान गरिएको छ ।