१२ मंसिर २०८१, बुधबार

देशभरबाट मान्छे जम्मा गरेर अलीकति मान्छे देखेपछि मान्छे हेर्न यहाँ आउ केपी ओली भनेर भनेका थिए ,जनसमर्थन कस्तो हुन्छ यहाँ हेर्न आउनुस्:ओली



बुटवल।३ दिन अघि काठमाडौंमा भएको प्रचण्ड–माधव नेपाल पक्षको विरोधसभामा प्रचण्डले ‘जनसहभागिता हेर्न यहाँ आउनुस् केपीजी’ भनि दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले जबाफ फर्काएका छन् । उनले प्रचण्ड–नेपाल पक्षले काठमाडौंमा गरेको विरोधसभाका लागि देशभरबाट मान्छे ओसारेपनि जनसहभागिता नदेखिएको दावी गरे । 

बुटवलमा शनिबार नेकपा ओली समूहले गरेको जनसभाका क्रममा ओलीले देशभरबाट नभइ प्रदेशस्तरको सभामा नै हजारौंको सहभागिता रहेको बताए ।

‘अस्ति ३ दिनअघि मात्रै देशभरबाट मान्छे जम्मा गरेर अलीकति मान्छे देखेपछि मान्छे हेर्न यहाँ आउ केपी ओली भनेर केही मान्छेले भनेका थिए । 

आज म देशभरीको होइन, लुम्बिनी प्रदेशको यो बुटवल आयोजित जनसभा हेर्नका लागि आउन म उहाँहरुलाई आग्रह गर्न चाहन्छु’, ओलीले प्रचण्डको नामै नलिइ भने, ‘आउनुस् जनसमर्थन कस्तो हुन्छ । उनले ‘तपाईहरुले यसको जबाफ दिनु भएको छ’ भन्दै आयोजकलाई धन्यवाद समेत दिए । 

उनले सभास्थलमा मात्रै सडकमा बसेर पनि दशौँ हजारले भाषण सुनिरहेको दावी गरे । उनले भने, ‘यो सभास्थलमा मात्रै होइन मेरो दाहिने पट्टी नदेखिने गरी टाढासम्म जनसमूदायको उपस्थिति छ । मेरो देब्रेपछि पनि, त्यसैगरी विशाल जनसमूदाय तालजालीभन्दा बाहिर सडकसम्म छ । 

म आउँदा देखेँ, कार्यक्रमस्थलमा बस्ने ठाउँ नभएर कार्यक्रम सुनेर दशौ हजारको संख्यामा बाहिर सडकमा हुनुहुन्छ। तपाईँहरुको उपस्थितिलाई म सलाम भन्न चाहन्छु ।’

उनले स्थिरताको पक्षमा जनलहर देखिएको भन्दै आफूले सबैलाई सलाम भन्न चाहेको पनि बताए । 

आउँदो चुनावको स्वागतका लागि व्यक्त गरेको अभिमतलाई पनि सलाम भन्न चाहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !