५ मंसिर २०८१, बुधबार

नागरिक लगानी कोषमा १ खर्ब ६४ अर्ब जम्मा



काठमाडौँ । नागरिक लगानी कोषले १ खर्ब ६३ अर्ब २१ करोड रुपैयाँ लगानी गरेको छ।

कोषमा जम्मा भएको १ खर्ब ६४ अर्ब ८८ करोड रुपैयाँ मध्ये १ खर्ब ६३ अर्ब २१ करोड लगानी गरेको कोषले जनाएको छ। कोषमा सरकारी, निजी, गैरसरकारी र व्यक्तिगत गरेर साढे ७ लाख सहभागी भएका छन्। 

नागरिक लगानी कोष कर्मचारी युनियनले कोषका पूर्व कर्मचारी अनिल कुमार ढकाल र सुभाष चन्द्र दाहाललाई सम्मान गरेको कार्यक्रमपछि कोषले यो जानकारी दिएको हो । सम्मान स्वरूप युनियनले मायाको चिनो प्रदान गरेको छ। 



प्रतिक्रिया दिनुहोस !