२८ बैशाख २०८१, शुक्रबार

चरौंदीमा ट्रक र माइक्रोबस ठोक्किँदा दुई जनाको मृत्यु, पाँच घाइते



काठमाडौं । पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित चरौंदी बजारमा रोकि राखेको ट्रकमा माइक्रो बस ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

आज बिहान साढे ५ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौंदीमा भएको दुर्घटनामा २ जना महिलाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा नवलपरासीको देउचुली–१६ की ६० वर्षीया कृष्णकुमारी केसी र सोही ठाउँकी ५० वर्षीया हीरामाया गुरुङ रहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक भोजराज पाण्डेले जानकारी दिए ।

नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ८४ नं को माइक्रोबसले सडकमा रोकिराखेको ना ६ ख ४६० नं को मालवाहक ट्रकमा ठक्कर दिँदा दुर्घटना भएको हो । उक्त दुर्घटनामा अन्य पाँच जना यात्रु घाइते भएका छन् ।

दुर्घटनामा परी घाइते भएका ५ जनालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको छ । माइक्रोको गति तीब्र रहेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ ! घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !