२७ बैशाख २०८१, बिहीबार

छात्रालाई परीक्षा दिन भन्दै शिक्षकले पुर्‍याए होटल, देखाए यस्तो हर्केत



पोखरा । छात्रालाई होटलमा लगेर परीक्षा लिएको र जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेका एक शिक्षक जेल चलान भएका छन् । छात्रालाई एक होटलमा पुर्‍याएर परिक्षा लिई जबरजस्तीको प्रयास गरेको अभियोग लागेका पोखराको राष्ट्रिय माविका शिक्षक शिरिषकुमार बस्ताकोटी जेल चलान भएका हुन ।गत मंसिरमा छात्रालाई पोखरादेखि झण्डै २० किमी टाढा रुपातालको एक होटलमा पुर्‍याएर परिक्षा लिई जबरजस्तीको प्रयास गरेको अभियोग लागेका बस्ताकोटीलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।शिक्षक बस्ताकोटीले गत मंसिर १२ गते एक छात्रालाई मौका परिक्षा होलमा लिन मिल्ने भन्दै मोटरसाईकलको पछाडि राखेर रुपाातालको एक होटलमा पर्‍याएका थिए । विद्यालयमा लिनु पर्ने मौका परिक्षा होटलमा लिएको बारे २ महिनापछि मात्र खुलासा भएको थियो ।



प्रतिक्रिया दिनुहोस !