२९ बैशाख २०८१, शनिबार

के हो कस्मेटिक सर्जरी र यो किन गरिन्छ ? यस्तो छ कारण



काठमाडौं । कस्मेटिक सर्जरीलाई सुन्दरता निखार्ने एक प्रविधिको रुपमा लिन सकिन्छ । यसलाई हामी प्लास्टिक सर्जरी जस्तै बुझ्न सक्छौँ । अनुहार नमिलेको भागलाई मिलाउन वा चाउरी परेको भागलाई तन्काउने यो प्रविधि अपनाउने गरिन्छ । अहिलेको समयमा यो प्रविधिलाई धेरै मानिसले रुचाउँदै आएको छ । यसले मानिसको सुन्दरता बढाउन ठूलो भूमिका खेल्ने भएकाले पनि यसलाई बढी नै मन पराउने गरेको पाइन्छ यो प्रविधिको बारेमा धेरै मानिसलाई त्यत्ति जानकारी नभएका कारण यसको लाभ कति मानिसहरुले लिन सकिरहेका छैनन् । तर, कसैको कुरामा लागेर आफ्नो छाला जाँच नगरीकन यो प्रविधि अपनाउनाले छालामा असर पर्न सक्छ । यसले गर्दा हाम्रो सुन्दरता हराउन सक्छ । त्यसैले हामीले सावधानी अपनानु निकै जरुरी हुन्छ । कतिपय मानिसलाई कस्मेटिक सर्जरी किन गरिन्छ भन्ने कुराको जानकारी नहुन सक्छ । कस्मेटिक सर्जरी गर्नुको  यस्ता छन् विभिन्न कारण

  • आँखा साना छ भने आँखालाई ठूलो र आकर्षक देखाउन
  • अनुहारभन्दा नाक ठूलो र नमिलेको छ भने नाकलाई सुन्दर देखाउन
  • आँखा, नाक, छाला, नकिलेको गाला, निधार आदि मिलाएर सुन्दरतामा निखार ल्याउन
  • महिलाको ठूलो वा झोल्लिएको छातीलाई सानो वा आकर्षक बनाउन
  • गर्भवस्थामा महिलाको तिघ्रा तथा पेटमा आउने ‘स्ट्रेचिङ’ अर्थात् सेतो धर्सा केही हदसम्म भएपनि मेटाउन
  • पेट धेरै मोटो भएको छ भने त्यसलाई मिलाउन
  • पुरुषको सानै उमेरामा छाती ठूलो छ भने त्यसलाई सामान्य अवस्थामा ल्याउन
  • आगोले पोलेर शरीरमा दाग लागेको छ भने त्यसलाई हटाउन
  • ‘सिलिकन ब्रेस्ट इम्लान्ट’ गरी सानो स्तनलाई ठूलो बनाउन।एजेन्सीको सहयोगमा ।



प्रतिक्रिया दिनुहोस !