८ जेष्ठ २०८१, मंगलवार

गोरु काट्ने ४ जना पक्राउ



काठमाडौं रोल्पामा गोरु काटेको अभियोगमा ४ जना पक्राउ परेका छन् ।

गोरु काटेको अभियोगमा रोल्पा नगरपालिका(६ धर्मशाला बस्ने ३७ वर्षीय आईत बहादुर परियार समेत ४ जनालाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित सल्लाघारी जंगलमा गोरु काटिरहेको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय रोल्पा र प्रहरी चौकी कोटगाँउबाट खटिएको प्रहरीले उनीहरुलाई करिब ४० किलो गोरुको मासुसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस !