२२ बैशाख २०८१, शनिबार

आइपिएल अक्सन : नेपालबाट सन्दीप लामिछाने छानिए, न्युनतम मूल्य कति ?



काठमाडौं । नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने ईन्डियन प्रिमियर लिग (आईपीएल) को लिलामीका लागि छनौट भएका छन् । आईपीएलले अक्सनका लागि छनोट गरेको अन्तिम २ सय ९२ खेलाडीको सूचीमा नेपालबाट सन्दीप मात्र परेका छन् । अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु रहेको छ ।लेग स्पिनर सन्दीपले यस अघि तीन सिजन आईपीएल खेलिसकेका छन् । नेपालबाट अक्सनका लागि ८ खेलाडीले नाम दर्ता गराएका थिए । नेपाल क्रिकेट संघ (क्यान) मार्फत सन्दीपसंगै सोमपाल कामी, करण केसी, शरद भेषवाकर, दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, कुशल मल्ल र अविनास बोहोराले नाम दर्ता गराएका थिए ।तर, अक्सनको लागि अन्तिम छनोटमा अन्य खेलाडी पर्न सकेनन् । आईपीएलको अक्सन चेन्नेईमा फेब्रुअरी १८ मा आयोजना हुनेछ ।



प्रतिक्रिया दिनुहोस !