८ जेष्ठ २०८१, मंगलवार

कोदालोको बिँडले हानेर बुबाको हत्या, छोरा पक्राउ



काठमाडौं आफ्नै छोराले कोदालोको बिँडले हानेर बुबाका हत्या गरेका छन् । पाँचखाल नगरपालिका वडा नं ७ होक्सेको जोरपिपलमा आफ्नै छोराले कोदालोको विडले हानेर बुबाका हत्या गरेका हुन् ।

बर्ष ३८ का राजु गौतमले कोदालोको बिँडले हान्दा आफ्नै बुबा बर्ष ५६ को बलराम गौतमको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमार विक्रम थापाले लोकपथलाई बताए । राजुले मदिरा सेवन गरेको प्रहरीले जनाएको छ ।

उनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका राजु गौतममाथि कर्तब्य ज्यान मुद्दाको कसुर लगाइएको डिएसपी थापाले बताए । यस अघि पनि राजुले बुवा बलरामलाई प्रेसर कुकरले हानेर घाइते बनाएका थिए ।

प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस !