८ मंसिर २०८१, शनिबार

महिला लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आज शुक्रवारबाट सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले ४ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्कासन गरेको हो ।

निष्कासित आईपीओ मध्ये २० हजार कित्ता शेयर सामूहिक लगानी कोष र ५ हजार कित्ता कर्मचारीको लागि छुट्याएर बाँकी रहेको ३ लाख ७५ हजार कित्ता सेयर भने सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । आजबाट आवेदन खुला गरिएको आईपीओमा छिटोमा फागुन ४ गते र ढीलोमा फागुन १४ गतेसम्म आवेदन दिन सकिने छ ।

काभ्रेको बनेपा नगरपालिकामा केन्द्रीय कार्यलय रहेको लघुवित्तले जारी पुँजी १० करोडको ४० प्रतिशत साधारण सेयर बिक्री सुरु गरेको हो । हाल ६ करोड चुक्ता पुँजी रहेको लघुवित्तको आईपीओ निष्कासन पछि १० करोड पुग्नेछ ।



प्रतिक्रिया दिनुहोस !