६ बैशाख २०८१, बिहीबार

आज देशभरको मौसम बदली हुने



काठमाडौं । अहिले सुदूरपश्चिम र अन्य केही पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । पश्चिमी वायुको प्रभावले आज देशभरको मौसम बदली हुने मौसमविदले बताएका छन् ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ भने राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । आज रातको समयमा पनि उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।



प्रतिक्रिया दिनुहोस !