२ जेष्ठ २०८१, बुधबार

चीनमा बीबीसीमाथि प्रतिबन्ध



एजेन्सी । चीनले बीबीसी वर्ल्ड न्यूजलाई आफ्नो देशमा प्रसारण गर्न प्रतिबन्ध लगाएको छ । चीनको प्रसारण नियामक निकायले बिहीवार बीबीसीको प्रसारणमा रोक लगाइएको घोषणा गरेको हो ।

बीबीसीले प्रसारणसम्बन्धि चिनियाँ कानुनहरुको गम्भिर उल्लंघन गरेको चीनको आरोप छ । बीबीसीको चीनसम्बन्धि समाचारहरु सत्य र निष्पक्ष नभएको र चीनको राष्ट्रिय हितमा हानी गर्न खोजेको उसको आरोप छ । बीबीसीले कोरोना भाइरस नियन्त्रण र चीनको जातीय अल्पसंख्यक यूगर्सको उत्पीडनको बारेमा गरेको रिपोर्टको चीनले यसअघि देखि नै आलोचना गर्दै आएको थियो ।

बीबीसीले चीनको यो कदमप्रति दुख व्यक्त गर्दै आफूहरुले विश्वभरका घटनाहरुको सत्य र निष्पक्ष रुपमा रिपोर्ट गर्ने गरेको दाबी गर्दै चीनको आरोपको खण्डन गरेको छ ।



प्रतिक्रिया दिनुहोस !