२० बैशाख २०८१, बिहीबार

रामचन्द्र-गगन फेरि एकठाउँ, पौडल र सिटौला मिलाउने प्रयास



काठमाडौ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र संसद पुनस्र्थापनाको विषयलाई लिएर सुषुप्त खालको मानसिक विभाजन छ । यो विभाजनले पार्टीभित्रको गुटगत राजनीतिलाई पनि प्रभावित बनाएको छ, र केही नेता आफ्नो क्याम्पबाट यताउता लस्किन थालेका छन् । अहिले वरिष्ठ नेता रामचन्द्र पौडेल र युवा नेता गगन थापाबीच देखिएको निकटता कांग्रेसभित्र चर्चाको विषय बनेको छ ।कांग्रेसको १३औं महाधिवेशनमा नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला चुनावी मैदानमा थिए ।

दोस्रो चरणमा भिडेका थिए, देउवा र पौडेल ।कांग्रेसका वरिष्ठ नेता पौडेल र युवा नेता थापाबीच पार्टीका आन्तरिक विषयमा लामो समय चलेको सहकार्य १३औं महाधिवेशनमा टुटेको थियो । यतिबेला संसद विघटनविरुद्धको आन्दोलनमा उभिएका दुवै नेताबीच पुनः तालमेल मिल्न थालेको छ । कतिपयले उनीहरू तत्कालका लागि मात्रै सँगै चर्चा गर्छन् भने कतिपयले महाधिवेशनसम्मै सहकार्यको सम्भावना देख्छन् ।कांग्रेसको चौधौं महाधिवेशन घोषित मिति फागुन ७ मा उद्घाटन नहुने निश्चित भए पनि संवैधानिक कारणले २०७८ भदौसम्म भइसक्नुपर्नेछ । सो महाधिवेशनको समीकरण अहिलेसम्म प्रष्ट भइसकेको छैन ।हाम्रो इकोनमीको सहयोगमा



प्रतिक्रिया दिनुहोस !