२२ बैशाख २०८१, शनिबार

नेपालबाट आईपीएल अक्सनमा सन्दीप मात्रै



काठमाडौं । भारतको चर्चित फ्रेन्चाईज क्रिकेट लिग इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अक्सनका लागि नेपालबाट सन्दीप लामिछाने मात्रै छनोट भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले ८ जना खेलाडीको नाम सिफारिस गरेको थियो । जसबाट फेब्रुअरी १८ मा हुने आईपीएल अक्सनमा नेपालबाट सन्दीपको नाम मात्रै समावेश गरिएको छ ।

२०१७ मा पहिलो पटक आईपीएलमा सन्दीप २० लाख आधार मूल्यमा छनोट भएका थिए । तीन वर्ष दिल्ली क्यापीटल्सबाट खेलेका उनलाई यहिँ सिजनमा दिल्लीले रिलिज गरेको हो । यस सिजनमा उनको आधार मूल्य ४० लाख रहेको छ ।

यस्तै, उक्त अक्सनमा एसोसिएट क्षेत्रका मात्रै तिन खेलाडी छनोट भएका छन् । सन्दीपसँगै अमेरिकाका अलि खान र युएईका कार्तिक मेइयाप्पन अक्सनका लागि छनोट भएका हुन् ।

आईपीएफको २०२१ को सिजनका लागि १ हजार ११४ जना खेलाडीबाट २९२ खेलाडी छनोट भएका छन् । २९२ जनामा १६४ भारतीय क्रिकेटर छन् । विदेशी १२५ क्रिकेटर छन् भने ३ जना एसोसियटका क्रिकेटर छन् ।

अक्सनमा सबैभन्दा धेरै २ करोड आधार मूल्य भएका भारतका हर्वजन सिंह र उमेश यादव छन् भने विदेशी आठ जना खेलाडी छन् । जसमा ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, साकिब अल हसन, मोइन अली, सम बिलिङ्स, लिएम पुल्किट, जसन रोय र मार्क उड छन् ।

यी खेलाडी अहिलेको अक्सनमा सबैभन्दा बढी आधार मुल्य भएका खेलाडी हुन् ।



प्रतिक्रिया दिनुहोस !