२० बैशाख २०८१, बिहीबार

फागुन ८ गते ओली पक्षले विराटनगरमा प्रदेशस्तरीय जनसभा गर्ने



काठमाडौं । नेकपाले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, सार्वभौमसत्ताको रक्षा र ताजा जनादेशका पक्षमा सन्देश दिन आगामी फागुन ८ गते विराटनगरमा प्रदेशस्तरीय जनसभाको आयोजना गर्ने भएको छ ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलगायत शीर्ष नेताले सम्बोधन गर्ने सभामा प्रदेशका १४ जिल्लाबाट सहभागिता हुने नेकपाको प्रदेश नं १ प्रदेश कमिटीद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

नेकपाका केन्द्रीय सदस्य राजेन्द्र गौतमले विकास, समृद्धि र राजनीतिक स्थायित्व, सुदृढ लोकतन्त्रका लागि सभाको आयोजना गर्न लागिएको बताए ।

उनले फागुन ६ गते सुनसरीको इटहरी र मोरङको विराटचोकलाई मूल केन्द्र मानेर १० हजारको सहभागितामा मोटरसाइकल र्‍यालीको आयोजना गर्ने, फागुन ७ गते बिहान विराटनगर, इटहरी, धरान, इनरुवा, विराटचोक, दमक, विर्तामोडमा युवाको आयोजनामा प्रभातफेरी गरिने बताए ।

प्रेस सङ्गठन नेपालका इञ्चार्ज गौतमले फागुन ७ गते दिउँसो युवारविद्यार्थीको मार्चपास र प्रेस सङ्गठन नेपालको प्रदेशस्तरीय भेलाको पनि आयोजना गरिने जानकारी दिए ।

प्रदेशस्तरीय सभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा, नेकपा स्थायी कमिटी सदस्य सुवास नेम्वाङ लगायतले सम्बोधन गर्नेछन।



प्रतिक्रिया दिनुहोस !