रिहाइपछि नेतृ झाँक्रीले भनिन्: अब, ओली र उनका ‘भजन मण्डली’को पतन निश्चित छ
काठमाडौं । नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले अब, प्रधानमन्त्री केपी शर्मा ओली र उनका ‘भजन मण्डली’को पतन निश्चित भएको बताएकी छिन्।
रिहाइसँगै सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले उस्तो भनेकि हुन् । उनले राजनीतिक प्रतिशोधका कारण आफूलाई नियन्त्रणमा लिने प्रयास गरेको बताउँदै प्रधानमन्त्री ओलीको पतन निश्चित भएको बताएकी हुन ।
राज्यविरुद्धको कसुरको आरोपमा पक्राउ परेकी झाँक्रीलाई प्रहरीले सामान्य सोधपुछपछि बिहीबार साँझ रिहा गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए।