१२ मंसिर २०८१, बुधबार

डा. गोविन्द केसीद्वारा २०औँ सत्याग्रहको घोषणा, यस्ता छन् तीनबुँदे माग



काठमाडौं । डा. गोविन्द केसीले २०औँ सत्याग्रहको घोषणा गरेका छन् । प्रतिनिधिसभा पुनःस्थापनालगायतका तीनबुँदे माग राख्दै बिहीवार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै डा.केसीले आउँदो फागुन १२ गतेसम्म आफ्ना माग सम्बोधन नभए सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन् ।

यस्ता छन् डा. केसीका तीनबुँदे माग : 
१) अवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटनको प्रयासबाट संविधानको रक्षा गरियोस् ।
२) अवैध रुपमा संवैधानिक निकायहरुमा गरिएका नियुक्ति रद्द गरियोस् ।
३) चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि हामीसँग भएका सम्झौता कार्यान्वयन गरियोस् । चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउने, सबै सार्वजनिक शिक्षण संस्थामा पचहत्तर प्रतिशत छात्रवृत्ति कार्यान्वयन गराउनेलगायतका राष्ट्रिय चिकित्सा शिक्षा ऐनका प्रावधानहरुको कार्यान्वयन गरियोस् ।



प्रतिक्रिया दिनुहोस !