३१ बैशाख २०८१, सोमबार

लोकतन्त्रमा सबैलाई बोल्ने अधिकार छ : प्रदिप पौडेल



काठमाडौ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई बिनासर्त रिहाइको माग गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता पौडेलले सरकारले हिंसा र बलात्कार नदेख्ने तर नागरिकले बोलेकै भरमा बन्दुक तेर्साउने काम गरेको टिप्पणी गरे ।

सबैलाई बोल्ने अधिकार भएको बताउँदै नेता पौडेलले टिप्पणी गरेको आधारमा नै नागरिकलाई सरकारले जेल देखाएर तर्साएको बताए ।

उनले भने- “फासिष्ट सरकार हिंसा र बलात्कार देख्दैन । बोलेकै भरमा बन्दुक तेर्साउछ । टिप्पणी गरेको आधारमै जेल देखाएर नागरिक तर्साउँछ । हामीले ल्याएको लोकतन्त्रमा सबैलाई बोल्ने अधिकार छ । सबै बोल्न पाउँछन् । राम कुमारी झाँक्रीलाई बिना सर्त रिहा गर ।”



प्रतिक्रिया दिनुहोस !