१० मंसिर २०८१, सोमबार

झाँक्रीलाई पक्राउ गरेर सरकारले सर्वसत्तावादी चरित्रलाई उदांगो पार्‍यो : प्रचण्ड-नेपाल पक्ष



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउको कडा विरोध गरेको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहीवार एक विज्ञप्ति जारी गर्दै गिरफ्तारीले वर्तमान सरकारको अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको उल्लेख गरेका छन् ।लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन नसक्ने उल्लेख गर्दै विज्ञप्तिमा राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक अरु केही हुन नसक्ने ठहर गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !