१२ मंसिर २०८१, बुधबार

हिरासतबाटै रामकुमारी झाँक्रीले भनिन्- ‘यो अन्तिम लडाई हो’



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले आफ्ना समर्थकहरुलाई धैर्यधारण गर्न आग्रह गरेकी छिन् ।राज्यविरुद्ध कसुर गरेको आरोपमा प्रहरीले झाँक्रीलाई बिहीवार (आज) दिउँसो उनको निवास शंखमुलबाट पक्राउ गरेको छ ।

आफू अनुसन्धानको लागि अपराध अनुसन्धान महाशाखा मिनभवनमा रहेको बताएकी छिन् ।राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध गलत अभिव्यक्ति दिएको आरोपमा प्रहरीले अनुसन्धानका लागि झाँक्रीलाई पक्राउ गरेको हो । त्यस्तै नेतृ झाँक्रीले आफूहरुले लढेर गणतन्त्र ल्याएको र जसबाटै बोल्ने अधिकार सुनिस्चित भएको बताउँदै बोल्न पाउने अधिकार कसैले खोस्न नसक्ने बताउँदै आएकी छिन् ।



प्रतिक्रिया दिनुहोस !