६ जेष्ठ २०८१, आईतवार

सरकारले अधिनायकवादी चरित्र उदांगो पार्‍यो : रामचन्द्र पौडेल



काठमाडौँ । नेकपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले आफ्नो अधिनायकवादी चरित्र उदांगो पारेको बताएका छन् । पौडेलले विज्ञप्ती जारी गर्दै संविधानले व्यवस्था गरेको  नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नांगो हस्तक्षेप गरेको बताएका हुन् । 

‘सरकारले नेकपाकी नेतृ एंव निवर्तमान संसद रामकुमारी झँक्रीलाई पक्राउ गरेर आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको छ । संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि नाङ्गो हस्तक्षेप गर्दै सरकारले झाँक्रीलाई पक्राउ गरेको छ,’ उनले विज्ञप्तीमा भनेका छन्, ‘हामीले ल्याएको लोकतन्त्र बोल्नै नपाउने भन्ने होईन् । त्यसैले रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको घटनाको म र मेरो पार्टी नेपाली कांग्रेस घोर भत्सर्ना गर्दछ । साथै झाँक्रीलाई विना शर्त रिहा गर्न समेत माग गर्दछु ।’ 



प्रतिक्रिया दिनुहोस !