२ जेष्ठ २०८१, बुधबार

सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँसम्म जरिबाना



काठमाडौंनेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिपति विद्या देवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि राज्यविरुद्ध कसुर गरेको अभियोग लगाइएको छ । महानगरीय अपराध महाशाखाले उनलाई राज्यविरुद्धका कसूर अन्तर्गत दफा ५८ अनुसार पक्राउ पुर्जी जारी गरेको थियो । 

के छ राज्यविरुद्धका कसूर अन्तर्गत दफा ५८मा ?

राज्यविरुद्धका कसूर अन्तर्गत दफा ५८मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुनेः उल्लेख छ । दफा ५८ को उपदफा १ बमाेजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुने व्‍यवस्‍था छ । 

५८. राष्ट्रपति वा संसदलाई धम्की दिन नहुनेः

(१) कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नु पर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न वाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाव दिन हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “संसद” भन्नाले नेपालको संविधान बमोजिमको सङ्घीय संसद र प्रदेश सभा सम्झनु पर्छ र सो शब्दले व्यवस्थापिका–संसदलाई समेत जनाउँछ ।

५९. हदम्यादः (१) दफा ४९, ५०, ५१, ५२, ५३ र ५७ अन्तर्गतका कसूरमा जहिले सुकै पनि उजुर लाग्न सक्नेछ ।

(२) उपदफा (१) मा उल्लिखित दफा बाहेक यस परिच्छेद अन्तर्गतका अन्य दफा अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको थाहा पाएकोे मितिले दुई वर्ष नाघेपछि उजुर लाग्ने छैन ।इकागज



प्रतिक्रिया दिनुहोस !