२० बैशाख २०८१, बिहीबार

ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलन गर्नु आफ्नो पार्टीको हितमा हुन्न भन्नु गम्भीर दृष्टिदोष हो : बाबुराम भट्टराई



काठमाडौं । जनता समाजवादी पार्टीका सङ्घीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलन गर्नु आफ्नो पार्टीको हितमा हुन्न भन्नु गम्भीर दृष्टिदोष भएको बताएका छन् ।

समाजिक सञ्जाल ट्वीटरमा एक पोस्ट शेयर गर्दै उनले हिजो शितयुद्धको बाछिटा परेर कांग्रेस-कम्युनिष्ट नमिल्दा राजाको निरंकुशता ३० बर्ष टिकेको नबिर्सिन आग्रह गरेका छन् ।उनले लेखेका छन्, ‘ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलन गर्नु आफ्नो पार्टीको हितमा हुन्न भन्नु गम्भीर दृष्टिदोष हो है ! हिजो शितयुद्धको बाछिटा परेर कांग्रेस-कम्युनिष्ट नमिल्दा राजाको निरंकुशता ३० बर्ष टिकेको नबिर्सौं।अहिले नयॉ शितयुद्धको छायॉमा त्यस्तै गल्ती दोहोरियोस्सं !युक्त संघर्षबाट कोही नभागोस् !’



प्रतिक्रिया दिनुहोस !