२ जेष्ठ २०८१, बुधबार

प्रजातन्त्र दिवसका कारण एकसाता पछि सर्‍यो ‘मिस नेवाः नेपाल’



काठमाडौं । नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’ एक साता पछि सरेको छ ।

आगामी फागुन ७ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजकले फिनाले गर्ने तयारी गरे पनि सोहीदिन परेको प्रजातन्त्र दिवसका एक साताका लागि पछाडि सरेको हो । नेप्लिज फेशन होमले आयोजना गर्दै आएको १५ औं संस्करणको यो प्रतियोगिता अब फागुन १५ गते हुनेछ ।

होमकी अध्यक्ष हेमा मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा प्रजातन्त्र दिवस सम्बन्धी कार्यक्रम प्रतिष्ठानमा तोकिएकाले ‘मिस नेवाः नेपाल’ एकसाता पछि सारिएको बताइन् । प्रतियोगिताको शीर्ष उपाधिका लागि १५ जना नेवार सुन्दरीहरु अन्तिम प्रतिष्पर्धामा छन् ।

प्रतियोगिहरु विभिन्न तालिम, प्रशिक्षण र भ्रमणपछि अन्तिम स्पर्धामा उत्रिन लागेका हुन् । नेवार समुदायको कला, भाषा र संस्कृतिलाई जीवन्त राख्न यो प्रतियोगिता आयोजना गर्दै आएको नेप्लीज फेसन होमकी अध्यक्ष मानन्धरले जानकारी दिइन् ।



प्रतिक्रिया दिनुहोस !