२ जेष्ठ २०८१, बुधबार

अब पीसीआर परीक्षण शुल्क एक हजार रुपैयाँ



काठमाडौं । सरकारले कोरोना भाइरसको परीक्षणका लागि गरिने पीसीआर शुल्क समायोजन गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पीसीआर शुल्क रु एक हजार लिने जानकारी दिए ।

यसअघि पीसीआर परीक्षण शुल्क रु दुई हजार लिने गरेको थियो । यस्तै अबदेखि कोरोना भाइरसको उपचार सरकारी अस्पतालमा मात्र गरिने भएको छ ।

यसअघि निजी अस्पताल र मेडिकल कलेजमा पनि कोभिड–१९ को उपचार गराइरहेको सरकारले अब सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !