२७ बैशाख २०८१, बिहीबार

आज २०७७ माघ २९ गते बिहिवारको राशिफल



आज २०७७ माघ २९ गते बिहिवारको राशिफल ।  ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेष

आज प्रेम र मित्रताको बन्धनमा रमाउने समय पनि छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

मिथुन

आज छोटो यात्राको सम्भावना पनि रहेको छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।

सिंह

दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ ।

तुला

बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

धनु

बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।

कुम्भ

आज सन्तानपक्षको मायामा कमी आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ ।

बृष

आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

कर्कट

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख पनि मिल्नेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

कन्या

व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । अतिथिको रूपमा सत्कार पाइएला । शुभारम्भको चर्चा चल्नेछ । भौतिक साधन जुटाउने समय छ ।

बृश्चिक

धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ । आधुरा कामसमेत सम्पादन हुनसक्छ ।

मकर

आज न्यायिक कार्यमा सफलता मिल्न सक्छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ ।

मीन

आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् ।
रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।



प्रतिक्रिया दिनुहोस !