मञ्चबाटै आक्रोशकासाथ नारायणकाजीले भने, ऋषि धमला जी तपाईं चुप लाग्नुस्
काठमाडौं । नेकपा (प्रचण्ड-नेपाल) समूहका नेता नारायणकाजी श्रेष्ठले मञ्चबाटै आक्रोशकासाथ पत्रकार ऋषि धमलालाई चुप लाग्न आग्रह गरेका छन्।
बुधबार राजधानीमा गरेको शक्ति प्रदर्शन सभामा सम्बोधनका क्रममा श्रेष्ठले पत्रकार ऋषि धमलाको नामै लिएर सभा सञ्चालन भइरहेका बेला अर्को कार्यक्रम नगर्न भनेका हुन् ।
उनले भने, पत्रकार साथीहरू हामीले यहाँ सभा गरिरहेका छौं। त्यसैले तपाईंहरू चुप लाग्नुस। सुन्नुभो ? धमलाजी तपाई अर्को कार्यक्रम नगर्नुस्, चुप लाग्नुस् ।