२१ बैशाख २०८१, शुक्रबार

ओली पक्षका मुख्य दुई नेता हाम्रो पक्षमा आउदै छन :प्रचण्ड



काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीतिर लागेका मानिसहरु आफूहरुतिर फर्किन थालेको दावी गरेका छन् । उनले ओली सरकारका दुईजना मन्त्री प्रचण्ड–माधव पक्षमा फर्किन चाहेको र त्यसका लागि आफूहरुसँग वार्ता भइरहेको उनले दावी समेत गरे ।

बुधवार नेकपा प्रचण्ड–माधव पक्षले काठमाडौंमा आयोजना गरेको बिरोध सभामा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो दावी गरेका हुन् ।
उनले प्रधानमन्त्री ओलीले आफूसँग पचासौँ वर्ष सँगै काम गर्ने नेता कार्यकताहरुलाई अपमान गरेर गल्ती गरेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !