सभा सकिए लगत्तै सरसफाइका लागि नारायणकाजी सडकमा
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले राजधानीमा विरोधसभा आयोजना गरेको स्थलमा नेता कार्यकर्ताले सफाइ गरेका छन् ।
बुधवार सभा सकिएलगत्तै प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशलगायतका नेता कार्यकर्ताले सहभागीले गरेको फोहोर सफा गरेका हुन् ।
नेता कायकर्ताले फोहोर भएको कार्यक्रमस्थल तथा सडकमा झाडु लगाउँदै सफाइ गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमविरुद्ध प्रचण्ड–नेपाल समूहले आज वृहद् प्रदर्शन गरेको थियो ।