१९ बैशाख २०८१, बुधबार

सिंगै ओली समूह निराश भएको छ : नेता नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली समूह निराश भएको टिप्पणी गरेका छन् ।संसद विघटनविरुद्ध प्रचण्ड-नेपाल पक्षले काठमाडौंमा गरेको विरोध सभालाई सम्बोधन गर्दै त्यस्तो टिप्पणी गरेका हुन् ।

देशभरबाट सरकारी पैसामा मानिसहरु ओसारेर काठमाडौंको सभामा ल्याएको आरोप लगाउँदै नेपालले आफूहरुको कार्यक्रमलाई धरहराबाट हेर्नुपर्ने बताए । “देशभरबाट खर्च गरेर केही मानिसहरु काठमाडौं ल्याइएको थियो । हाम्रो विशाल जनसभालाई देखेर सिंगै ओली समूह निराश भएको छ ।” नेपालले भने ।



प्रतिक्रिया दिनुहोस !