१० मंसिर २०८१, सोमबार

ओलीलाई प्रधानमन्त्रीको पदमा एक मिनेट बस्ने अधिकार छैन : श्रेष्ठ



काठमाडौ।नेकपा दाहाल नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा एक मिनेट पनि बस्ने अधिकार नभएको बताएका छन् । दाहाल नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौँमा गरेको विरोध सभालाई सम्बोधन गर्दै श्रेष्ठले ओलीको जंगली प्रवृत्ति खारेज गर्नुपर्ने बताएका हुन् ।  

‘पुस पाँच गते जब प्रधानमन्त्री र यो सरकारले असंवैधानिक कदम चाले संसद विघटन गरेर । हाम्रो आन्दोलनको लक्ष्य अब संसद विघटन पुनःस्थापन गर्नु हो । संविधानमा प्रष्ट व्यवस्था गरेको संवैधानिक नियुक्ति असंवैधानिक ढंगबाट बलमिच्याइँ गरेर नियुक्ति गरिएको छ । यो जंगली प्रवृत्ति खारेज गर्नु पर्छ,’ उनले भने, ‘ यो संविधान अन्तरगत प्रधानमन्त्री चार वटा अवस्थामा पदमुक्त हुनेछन् । प्रधानमन्त्रीको निधन भएमा, अविश्वासको प्रस्ताव पारित भएमा, प्रधानमन्त्रीले राजीनामा दिएमा र संसदको सदस्य नभएमा संसद विघटन भइसकेको अवस्था छ । केपी ओली संसद सदस्य छैनन् । राष्ट्रपतिले कामचलाउ भनेर भन्नु बाहेक यो अवैधानिक छ । ओलीलाई एक मिनेट पनि प्रधानमन्त्रीको पदमा बस्ने बैधानिक आधार छैन ।’ 



प्रतिक्रिया दिनुहोस !