सनराइज बैंकको सीईओमा सुमन शर्मा नियुक्त
काठमाडौं । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् ।बैंकका सीइओ जनक शर्मा पौड्यालले २७ गते राजीनामा दिएपछि सोही दिन बसेको सञ्चालक समितिको बैठकले बैंकर शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकिङ क्षेत्रमा ३ दशकल लामो अनुभन भएका शर्मा अनुभवी र कुशल बैंकरको रुपमा चिनिन्छन् । उनी यस अघि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।