५ मंसिर २०८१, बुधबार

‘अदालतले संसद पुनस्थापना गरेपनि सरकार स्थिर हुँदैन’: वरिष्ठ अधिवक्ता



काठमाडौं । वरिष्ठ अधिवक्ता माधव बास्कोटाले संसद विघटनको परिकल्पना संविधानले परिकल्पना गरेको दाबी गरेका छन् ।

संसद विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बहस गर्दै वरिष्ठ अधिवक्ता बास्कोटाले त्यस्तो बताएका हुन् ।सरकार गठन भएको दुई वर्ष पहिले नै संसद विघटन नभएको दाबी गर्दै संविधानमा ५ वर्ष पहिले विघटन नै हुन नपाउने संविधानमा नलेखिएको तर्क गरे ।

संविधानको धारा ८५ मा २ वर्षपछि अर्थात ५ वर्ष पहिले नै संसद विघटन गर्ने विकल्पको रुपमा राखिएको बताए ।“यो संविधानले विघटनको परिकल्पना गरेको छ। २ वर्ष पहिले नै विघटन भएको हौन। ५ वर्ष पहिले विघटन नै हुन नपाउने भनि संविनमा लेखिएको छैन।”ले भने- “२ वर्षपछि विघटन हुन सक्छ। धारा ८५ मा अगाडि भन्ने विकल्प त्यसै कारण राखिएको हो।”



प्रतिक्रिया दिनुहोस !