१९ बैशाख २०८१, बुधबार

प्रचण्ड-नेपाल पक्षको जुलुस शुरु, त्रिपुरेश्वरमा वर्षमान र सुरेन्द्र पाण्डे



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूह आज काठमाडौंमा गर्न लागेको जनसभाका लागि विभिन्न ठाउँहरुबाट जुलुसहरु निस्किन थालेका छन् ।काठमाडौंका विभिन्न ठाउँहरुबाट जुलुस निकाली अन्ततः भृकुटीमण्डपमा जनसभा हुनेछ ।

यसैक्रममा पूर्वमन्त्री समेत रहेका प्रचण्ड नेपाल समूहका नेताहरु वर्षमान पुन अनन्त र सुरेन्द्र पाण्डेले त्रिपुरेश्वरबाट निस्किएको जुलुसको नेतृत्व गरिरहेका छन् । सामाजिक सञ्जालमा लेख्दै नेता पुनले छिट्टै शुरु हुने विशाल प्रदर्शनमा सहभागिताको लागि आह्वान गरेका छन् ।“आउनुहोस् त्रिपुरेश्वरमा । छिट्टै शुरु हुने बिशाल प्रर्दशनमा सहभागी बनौ । प्रतिगमनलाई परास्त गरौ ।” उनले भने ।



प्रतिक्रिया दिनुहोस !