२० बैशाख २०८१, बिहीबार

प्रचण्ड माधव समुहले काठमाडौँमा शक्ति प्रदर्शन गर्दै



काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड माधव समुहले सरकारविरुद्ध बुधबार काठमाडौँमा शक्ति प्रदर्शन गर्दै छ। प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनरत सो समुहले र्‍याली सहित विरोध सभा गर्न लागेको हो। भृकुटीमण्डपमा आयोजना गरिने विरोधसभामा २ लाखभन्दा बढी मानिस सहभागी गराउने प्रचण्ड माधव समुहको दाबी छ।

सभामा अध्यक्षद्वय प्रचण्ड र नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्नेछन्। सभा अघि काठमाडौँको विभिन्न ठाउँबाट जुलुस निस्कने छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–नेपाल पक्ष आन्दोलनरत छ। यसअघि उसले माघ ९ गते पनि काठमाडौंमै विरोध सभा गरेको थियो। यस्तै काठमाडौँ बाहिरका केही सहरमा पनि विरोध कार्यक्रम भएका छन्। 



प्रतिक्रिया दिनुहोस !