५ जेष्ठ २०८१, शनिबार

भागरथी बलात्कारपछि हत्या प्रकरण : मुख्यमन्त्री कार्यालय घेराउ



काठमाडौ।बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालय घेराउ गरिएको छ ।

दोषीलाई पक्राउ गरि कारवाहीको माग गर्दै सुदूपश्चिमाञ्चल क्याम्पसका विद्यार्थीहरुले प्रदर्शन गर्दैे मुख्यमन्त्री कार्यालय घेरेका हुन् । विद्यार्थीहरुले बैतडीमा बिहीवार मृत अवस्थामा फेला परेकी किशोरीको हत्या प्रकरणका दोषीलाई यथाशक्य कारवाहीको माग गरेका छन् ।

दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारालाई यथाशिघ्र कारवाहीको दायरामा ल्याउन मागसहित विद्यार्थीहरुले मुख्यमन्त्री कार्यालयको प्रवेशद्वार अगाडि प्रदर्शन गर्दै हत्यारालाई सार्वजनिक गरी तत्काल कारवाहीको माग गरेका छन्।
उनको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भइसकेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !